सिमकोट (हुम्ला) – हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।


ADVERTISEMENT


नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।


ADVERTISEMENT

# # #