काठमाडौँ – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।


ADVERTISEMENT


खिलेन्द्र पौडेल आई.एम.ई. लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए । उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ.एम.ई. लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।

अमात्य आई.एम.ई. लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।