काठमाडौँ – परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमण सफल भएको बताएकी छन् ।


ADVERTISEMENT


पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको भन्दै भारत भ्रमण सफल भएको बताएकी हुन् ।मन्त्री डा राणाले भनिन्, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”


ADVERTISEMENT

# # #


भ्रमणका क्रममा आफुले भारतीय प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको जानकारी दिँदै उनले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन् ।

यस्तै, भारतीय समकक्षी एस.जयशंकरसँगको भेटमा व्यापार, पाहरवाहन, हवाई रुट, पन्चेश्वर, सीमा पुर्वाधार क्षेत्रमा छलफल भएको उनले बताइन् । त्यस्तै उनले भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतामा प्रतिवद्धता जनाएको उल्लेख गरिन् ।