काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय संरचनाहरुको निर्माणका बिषयमा छलफल गरेको छ ।


ADVERTISEMENT


आइतबारबाट सुरु केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सोमबार पदाधिकारीलाई पूर्णता दिदै केन्द्रीय संरचनाहरुको निर्माण गर्ने विषयमा प्रदेश पदाधिकारी लगाएतका अन्य सदस्यहरुसंग छलफल गरेको हो । पार्टीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।


ADVERTISEMENT

# # #


पदाधिकारी चयन सहमतिमा गर्ने प्रयास हुने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि चयन गर्ने तयारी समाजवादीको छ । त्यस्तै बैठकले पार्टीको भावी कार्ययोजना समेत तय गर्ने नेताहरुले जनाएका छन् ।

यसैबीच सोमबार बिभिन्न पार्टीबाट आएका कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गराएका छन् । केन्द्रीय कमिटी बैठक मंगबार सम्पन्न हुने समाजवादीले जनाएको छ ।