बुटबल–प्रदेश ५ को सभामुखमा पुर्ण बहादुर घर्ती चयन भएका छन् । आज बसेको प्रदेश सभा बैठकले रुकुम पूर्वका घर्तिलाई चयन गरेको हो ।


ADVERTISEMENT


आजको बैठकमा जेष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाचह गरेका बलदेव शर्मा पोखरले माओवादी केन्द्रका पूर्णबहादुर घर्तीलाई निर्वरोध चयन गरेको घोषणा गरेको थिए । उनको हिजो प्रदेशसभा संसद् सचिवालयमा उम्मेदवारी दर्ता भएको थियो। घर्तीका विरुद्ध अन्य दलबाट कसैले पनि उम्मेदवारी दर्ता नगराएपछि आज निर्वरोध रुपमा चयन गरिएको घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


आजको बैठकमा मओवादी केन्द्रका सचेतक दघिराना न्यौपानको प्रस्ताव र एमाले सचेतक भुमीस्वर ढकालको समर्थनमा घर्ति सभामुख बनेका हुन् ।

प्रदेश ५ को संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ। ८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन्।

सभामुखमा निर्वा्चित भएसँगै प्रदेश प्रमुख उमाकान्त झाले बुधबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले जानकारी दिए। आजको बैठकले उप सभामुखको निर्वाचन फागुन ६ गतेलाई तोकेको छ ।

सभामुखका घर्तिको यस्तो राजनितीक यात्रा

आज सभामुखमा निर्विरोध रहेका पूर्णबहादुर घर्ती पूर्वी रुकुम प्रदेशसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट विजयी बनेका हुन्। पार्टिको प्रदेश संयोजकको रुपमा काम गरेका घर्ति भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका थिए ।

२०३६ सालबाट राजनीतिमा लागेका थिए। २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वा्चित हुँदै एकता महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीतिकर्मीका साथै कलाकार पनि हुन्। २०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर उनले सांस्कृतिक मोर्चा सम्हालेका थिए। माओवादी युद्धका बेला उनी रुकुमको जनसरकार प्रमुख भएका थिए।

२०५३ देखि २०५६ सम्म माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनवाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए।

यस्तै, २०६२ देखि २०६४ सम्म माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान् राज्य इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इञ्चार्ज तथा पोलिटब्युरो सदस्य रहेका थिए।

उनी हाल नेकपा माओवादी केन्द्र ५ नम्बर प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य छन्। उनले आज सभामुख पदमा संसदले घोषण गरेपछि क्षेत्रगत र पार्टि गत भन्दा पनि आफ्नो पदको भुमीकालाई बिषेश ख्याल गरी काम गर्ने बताए । तेजेन्द्र केसी