काठमाडौँ – नेकपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वाप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरजका लागि नेपाली क्रिकेट टोलीको घोष्णाा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
जस अनुसार नेपाली टोलीमा आरिफ शेख, भीम सार्की, अर्जुन साउद र रिजन ढकालले पुनरागमन गरेका छन् । यस्तै टोलीमा देव खनाललाई ‘ट्राभलिङ रिजर्भ’का रुपमा राखिएको छ । यही सेप्टेम्बर १६ देखि क्यानडामा सुरु हुने सिरिजमा नेपालले घरेलू टोली क्यानडासहित ओमानसँग खेल्नेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आशिफ शेअ, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी । देव खनाल (ट्राभलिङ रिजर्भ)
नेपालको खेल तालिका :
सेप्टेम्बर १६ (भदौ ३१ गते) : नेपालविरुद्ध क्यानडा
सेप्टेम्बर १८ (असोज २ गते) : नेपालविरुद्ध ओमान
सेप्टेम्बर २२ (असोज ६ गते) : नेपालविरुद्ध क्यानडा
सेप्टेम्बर २४ (असोज ८ गते) : नेपालविरुद्ध ओमान
सिरिजपछि नेपालले क्यानडा र ओमानसँग क्यानडामै टी–२० अन्तर्राष्ट्रिय सिरिज समेत खेल्ने तालिका रहेको छ ।
सिरिजका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को भारतको बैंग्लोरस्थित नेशनल क्रिकेट एकेडेमीमा नेपालले १५ दिन प्रशिक्षण गरेको थियो । त्यसपछि श्रीलंकामा १ साता लामो प्रशिक्षण र एउटा अभ्यास खेल खेलेको थियो । श्रीलंका डेभलपमेन्ट टिमसँग तीन खेलको तालिका रहे पनि वर्षाका कारण एउटा मात्रै सम्भव भएको थियो ।


























































