काठमाडौं– एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।  ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बुधबार आकस्मिक बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।


ADVERTISEMENT


अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि दुई नेताबीच भएका गृहकार्यका बारेमा नेताहरुलाई व्रिफिङ गरेका थिए । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाएपछि एमालेले माओेवादीसँग मिलेर सरकार गठन गर्ने तयारी वरुप ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् । एमाले स्थायी कमिटि बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक सोही स्थानमा सुरु भएको छ ।