रामचन्द्र पाण्डे, काठमाडौँ– नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडाद्वारा नेपालसामू १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको क्यानडाका ओपनर श्रीमन्थ विजेरत्नेले नटआउट शतक प्रहार गरेपनि क्यानडाले विशाल योगफल तयार गर्न सक्यो ।  १५२ बलको सामना गरेका वेजेरत्नेले नटआउट १०३ रन प्रहार गरे । उनले ८ चौका प्रहार गरेका थिए । उसले पूरै ओभर खेल्दै मात्र ८ विकेट गुमाएर १९४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


पहिलो विकेटका रुपमा १०.२ ओभरमा रविन्दु गुनसेकेरालाई गमाउँदा स्कोरबोर्डमा ४६ रन झुण्डिसकेको थियो । अघिल्ला म्याचमा राम्रो पारी खेलेका गुनसेकेरा नेपालसंग त्यती गतिलो खेल्न सकेनन् । २४ बलको सामना गरेका उनले जम्मा ९ रन बनाए । १ चौका प्रहार गरेका उनी बसन्त रेग्मीको बलमा रोहित कुमार पौडेलको हातबाट क्याच आउट भए ।

त्यसपछि १३.१ ओभरमा क्यानडाका कप्तान नीतिश कुमारलाई व्यक्तिगत ५ रनमा सन्दीप लामिछानेले पेवेलियन फर्काए । त्यस लगत्तै धनुका पाथिराना (२) लाई पनि सन्दीपले पाखा लगाए ।

यस्तै क्यानडाका लागि हम्जा तारिकले उत्कृष्ट खेले । ३० बल खेलेर व्यक्तिगत २४ रनमा आउट हुनुअघि उनले सन्दीपलाई छक्का प्रहार गरे । सादविन जफालरले १० रन बनाएपछि सत्सिमरञ्जित धनिन्दशा १९ बलमा १८ रन बनाएर नटआउट रहे । क्यानडाका अन्य दुई ब्याट्समेनले खातै खोल्न सकेनन् । कप्तान पारसले निखिल दत्तलाई खातै खोल्न नदिई रन आउट गरे ।

यता नेपालका लागि बसन्त रेग्मीले सार्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले मात्र ३४ रन दिए । यस्तै सन्दीप लामिछाने आज अलि महंगा सावित भए । २ विकेट लिनु अघि उनले ९ ओभर बलिङ गरेर ४० रन दिए । उनको बलमा क्यानडाका ब्याट्समेनले ३ छक्का समेत प्रहार गरेका थिए । यस्तै करण केसी र शरद भेषवाकरका नाममा समान १/१ विकेट रह्यो ।

यो जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने अन्तिम मार्ग हो । जसका लागि नेपालले आजको खेल जित्नुको विकल्प छैन ।

नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्दैछ