काठमाडौँ– कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित ठानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको व्यवसायिक सम्झौता अनुसार उक्त छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।