काठमाडौं– काठमाडौंको बानेश्वरबाट लागू औषध कारोबारमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ब्राउनसुगर र नाइट्रोभेट कारोबार गरेको आरोपमा मुद्धा खेपिरहेका काठमाडौंका ३३ वर्षीय सन्दीप श्रेष्ठलाई आज बानेश्वरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


श्रेष्ठमाथि उच्च अदालत तुल्सीपुर बुटवलको इजलासबाट एकवर्षअघि ५ वर्ष कैद र ५ हजार रुपैयासहितको जरिवाना हुन ठहर भएको थियो । श्रेष्ठलाई भारतको सुनौली बजारबाट लागूऔषध ब्राउनसुगर खरिद गरी नेपाल फर्कने क्रममा लुकाई छिपाई राखेको अबस्थामा सन्दिपराजको साथबाट १५ पिस नाइट्राभेट ट्याबलेट र अर्का प्रतिवादी संविधान खत्रीबाट ३ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेकोमा उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो ।


ADVERTISEMENT

# # #


श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।