काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
सोही निस्कर्षमा जवाल फर्काउदैँ कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ? भनेर प्रश्न गरेका छन् ।
कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो’, उनले प्रश्न गरे ।
साथै उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उनले गल्ती भयो भनेर विज्ञप्ति निकालिसकेकाले अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिन लागेको उनको आरोप छ । उनले बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिएको दाबी समेत गरे ।



























































