काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको जिकिर गरेका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाए पनि सहकारी ठगि प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताए ।


ADVERTISEMENT

# # #


गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे । ‘लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने प्राधिकार मलाई हुँदैन । आएको रकमलाई प्रबन्ध निर्देशकका रुपमा संस्था चलाउन खर्च हुने नै हो ।’ उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता नरहेको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ । ’

लामिछानले वास्तविक सहकारी ठगहरुलाई कारवाही गर्नबाट पछि हट्न नहुने बताए । आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनले दाबी गरे । त्यस्तै रास्वपाका अन्य नेताहरुले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोश रहेको पुष्टि भएको धारणा राखेका छन् ।

यता सहकारी गठी सम्बन्धी संसदीय छानबिन समितिले भने सहकारी ठगीमा रविको समेत संलग्नता रहेको दोषी देखिएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभामा अन्तिम प्रतिवेदन बुझाएको छ ।