काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो । खेलको ७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएपनि गोल भने हुन सकेन । बराबरीसँगै पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ ।


ADVERTISEMENT

# # #


चन्द्रपुरले भने समान खेलबाट सात अंक जाडेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ ।