काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप लिग–२ को क्यानडा सिरिजको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्यानडाको किंग सिटीस्थित क्रिकेट मैदानमा टस जितेर ओमानले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
खेल नेपाली समय अनुसार राती ८ः४५ बजेदेखि सुरु हुँदैछ । क्यानडा सिरिजको पहिलो खेलमा घरेलू टोली क्यानडसँग १०३ रनले पराजित भएको नेपाल ओमानविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ । नेपाली टोलीमा आज ३ वटा परिवर्तन गरिएको छ । ओपनर कुशल भुर्तेलको ठाउँमा अर्जुन साउँद आएका छन् भने दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई अनिल साह र आरिफ देखले प्रतिस्थापन गरेका छन् ।
क्यानडाविरुद्ध नेपालको अन्तिम-११
अर्जुन साउँद, आशिफ शेख, रोहित पौडेल (कप्तान), भीम सार्की, अनिल कुमार साह, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
गत फेब्रुअरीमा नामिबिया र नेदरल्याण्डसँग घरेलू मैदानमा खेल्दै लिग–२ को यात्रा सुरु गरेको थियो । त्यसबेला खेलेका ४ मध्ये नेपालले ३ खेलमा हार र १ मा जित निकालेको थियो । क्यानडा सिरिज नेपालको दोस्रो सिरिज हो । त्यसपछि नेपाल अमेरिका सिरिजका लागि उतैबाट प्रस्थान गर्नेछ ।
८ देश सहभागी लिग–२ मा नेपाल ५ खेलमा ४ हार र १ जित निकाल्दै २ अंकसहित सातौँ स्थानमा रहेको छ भने ओमान ४ खेलमा ४ खेलमा १ जित, २ हार र १ अनिर्णित खेलमार्फत ३ अंक बटुल्दै छैटौँ स्थानमा छ । यस्तै ८ खेल खेलेको नेदरल्याण्ड ६ जित र २ हार सहित १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । क्यानडा ९ खेलमा ५ जित र ४ हारतसहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
लिग–२ मा प्रत्येक टोलीले होम, अवे र न्यूट्रल फर्म्याटमा ३६ वटा खेल खेल्नेछन् ।



























































