राहुल गुप्ता, बारा– बाराको फेटा गाउपालिका– १ स्थित श्री खैरामाइ मन्दिरको प्राङगण वडा स्तरीय टोल सुधार समितिको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी तथा वरिष्ठ पत्रकार उमेश दुबेको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


फेटा गाउपालिका–१ भलुही टोल सुधार समितिका अध्यक्ष प्रेम साहले सरसफाइ कार्यक्रमसंगै समितिले स्थानिय तहमा लगायत टोल सुधार समितिले स्थानीय स्तरमा बढ्दै गएको भष्ट्राचारको विषयमा समेत निगरानी बढाएको बताए।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै टोल सुधार समिति रजवटियाका अध्यक्ष शेसनाथ यादवले वडास्तरीय टोल सुधार समिति गठनमार्फत अवैध कार्यमा संलग्न गर्नेमाथी निगरानी बढाउदैँ कारवाही प्रक्रियासम्म पुर्याउनेमा जोड दिए ।

समिति अकवनियाका अध्यक्ष छोटेलाल कुशवाहाले समाजमा भइरहेको जातीय भेदभाव, छुवाछुत लगायत शिक्षा, स्वास्थ्य तथा कृषिमा स्थानीय स्तरबाट भइरहेको विभेद अन्त्य गर्ने कामलाई प्राथमिकतामा राखी समिति अघि बढेको जनाए । सरसफाइ कार्यक्रमले सन्देश मात्र दिन खोजेको जनाउदैँ उनले स्थानिय सरकार जिम्मेवारीबाट पन्छिए कडा कदम चाल्ने चेतावनी समेत दिए ।

पत्रकार एवम् समाजसेवी उमेश दुबेले हिन्दुहरूको महान पर्व दशैँ नजिकिएसंगै मन्दिरहरूको सरसफाइमा तीव्रता दिएको सुनाए । सरसफाइ कार्यक्रममा सहभागी हुने स्थानीयवासी, सशस्त्र प्रहरीका साथै नेपाल प्रहरीलाई धन्यवाद दिदैँअगामी दिनहरूमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।

दुबेले टोल सुधार समितिले गरिरहेको कार्यप्रति सन्तुष्टि जनाउदैँ समाजमा बसेर समाजकै सर्वसाधारणलाई लुट्न खोज्नेहरू माथी खडो उत्रिन समेत टोल सुधार समितिलाई सुझाए ।

कार्यक्रममा वडा स्तरीय टोल सुधार समितिका सदस्यसहित स्थानिय, सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो ।