काठमाडौँ – सवारी दुर्घटना न्यूनीकरण गर्न विपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।


ADVERTISEMENT


रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रले वीपि राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि धुलिखेल स्थित काभे्रभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण सडकमै गरेका छन् । चालकका कारण हुने दूर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले बताए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय चालकको उच्च र न्यून रक्तचापका साथै आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी दूर्घटना बढेको पाइएपछि यात्रुवस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

उनका अनुसार, १ सय ९१ चालकको अकस्मत स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाईएको र ६ जनामा मधुमेह तथा १० जनामा आँखाको समस्या देखिएको छ । उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधी सेवन गर्न सुझाव दिइएको छ ।