काठमाडौँ– काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौं आइपुगेको क्लवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजा सहित भव्य स्वागत गरेको हो । माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो । पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो ।


ADVERTISEMENT

# # #


खेलाडीहरुलाई स्वागत गरेपछि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिवल खेलको बिकासका लागि क्लव प्रतियोगिता निकै महत्वपूर्ण हुने बताए। महिला काभा क्लव प्रतियोगीता माल्दिभ्समा आयोजना भएपनि पुरुष क्लव प्रतियोगीता आगामी डिसेम्वरमा नेपालमा हुने उनले जनाए ।

काभा महिला भलिबल क्लब च्याम्पियन पुलिस क्लवका खेलाडीहरुलाई नगरपरिक्रमा समेत गराइएको थियो ।