काठमाडौँ– सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको पक्राउ माग गर्दै प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


पीडितहरुले सहकारी प्रकरणमा रविलाई पक्राउ गर्दै जिल्ला प्रशासन कार्यालय कास्की नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरि, जिल्ला प्रशासन कार्यालयको गेटकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरुले रास्वपा नेता(कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

रवि पक्राउको पक्ष र विपक्ष आमने सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षाकर्मी खटाइएको छ ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । पोखरा ल्याइएको उनलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

बचतकर्तालाई मारेर सहकारीको पैसा गोर्खा मिडियामा गएको र त्यसलाई अपचलन गर्ने काम रविले गरेको पीडितको आरोप छ । तसर्थ जोशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेट बाहिर भेला भएर नाराबाजी सहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका छन् ।