काठमाडौँ – काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासंग बराबरी खेलेको छ ।


ADVERTISEMENT


सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले चन्द्रपुरसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पहिलो गोल चन्द्रपुरले गरेको थियो ।


ADVERTISEMENT

# # #


चन्द्रपुरका लागि खेलको ५१ औं मिनेटमा सुनिता कुँवरले गोल गरेकी थिइन् , तर खेलको ८० औं मिनेटमा कोशीका तर्फबाट ममता राउतले गोल गर्दै बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

बराबरीसंगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै छ भने समान खेल खेलेको चन्द्रपुर ८ अंकका साथ सातौ स्थानमा उक्लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।