काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए ।


ADVERTISEMENT

# # #


यस्तै उनले साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढन नसक्ने समेत बताए । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ढकालले अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए ।

साथै, अध्यक्ष ढकालले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिँदै लगानीको वातावरण निरन्तर सुधार भइरहेको समेत बताए । उनले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।