कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ । गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं। को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो ।


ADVERTISEMENT


दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ । तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो ।

अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।