काठमाडौँ – उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैर न्यायीक सडक तथा मापदण्ड पिडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


उनीहरुले खोला मिच्न पाइदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदै, गैर-न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरावलोकन निवेदन दिएको छ ।