सिन्धुपाल्चोक – जिल्लाको बाह्रविसेमा भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बाह्रविसे नगरपालिका–८ का शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारी छन् ।


ADVERTISEMENT


तातोपानीबाट बाह्रविसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको आइचर भ्यान कोदारी सडकखण्डको बोडर्ल्याण्ड नजिकै दुर्घटनामा परेको थियो । सडकबाट १६० मिटर तल भोटेकोशी नदीमा भ्यान खस्दा उनीहरुको घटलस्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #