काठमाडौँ – ह्याम्स अस्पतालले भक्तपुरस्थित नागरिक अस्पतालमा नयाँ ओपीडी भवनबाट सेवा सञ्चालन थालेको छ । नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेपछि ह्याम्स अस्पतालले बिहीबारदेखि नयाँ सुविधासम्पन्न ओपीडी भवनबाट सेवा सञ्चालनमा ल्याएको हो ।
बिहीबार एक कार्यक्रमका बीच ह्याम्स अस्पतालका अध्यक्ष तथा नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले उक्त ओपीडी ओपीडी भवनको उद्घाटन गरेका हुन् । दशैँको घटस्थापनाको अवसर पारेर उद्घाटन गरिएको उक्त भवनबाट अत्याधुनिक ओपीडी सेवाहरु उपलब्ध गराइने अध्यक्ष भण्डारीले बताए ।
ह्याम्स हस्पिटलले एक सय शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर खरिद गरेको थियो । खरिदपश्चात ओपीडी सेवा सुरु गरेको ह्याम्सले कर्पोरेट अस्पतालका रुपमा यसलाई विकास गर्न विशेषज्ञ सेवासहितको सेवा विस्तार गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।