काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा माओवादी सरकारमा सहभागि नहुँदा बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताएका छन् । काठमाडौमा शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका सम्बन्धमा आउका समाचारहरु गलत भएको दावी गरेका हुन् ।


ADVERTISEMENT


‘हामी हिजो सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्तामै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामख र मन्त्रीहरुकै विषय टुङ्ग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘ हामी राजनीतिक नियुक्ति सहितको एकता गर्छौ । वार्ता सकारात्मक भइरहेको छ ।’


ADVERTISEMENT

# # #


जम्मा ६ मिनेट बोलेका प्रचण्डले मुलुकले ७० वर्षपछि स्थायित्व पाउन लागेको भन्दै यसअघिका सबै सरकार कमजोर भएको र अब बन्ने सरकारले अघिल्ला सरकारहरुले गर्न नसकेका काम गरेरै छाड्ने दाबी गरे ।
पहिलो चरणको मन्त्रिमण्डल गठनमा माओवादी केन्द्र सहभागि नभएपछि विभिन्न किसिमका अड्कलबाजी भएका थिए ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले अबको सरकारले शिक्षा क्षेत्रलाई वेलगाम नछोडने भन्दै यो क्षेत्रको स्थायी विकासका लागि शिक्षकहरुलाई सुझाब दिन आग्रह गरेका थिए ।