मोरङ– मोरङको विराटनगर महानगरपालिका-१८ स्थितमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


असोज १७ गते साँझ ना. ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री विराटनगर–१८ का ६० वर्षीय श्याम साह घाईते भएका थिए ।


ADVERTISEMENT

# # #


घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने ठक्कर दिने ट्रक र चालक सुनसरी बर्जु गाउँपालिका–५ का ३० बर्षीय दिपक यादवलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि विराटनगरको रानीस्थित आईसीपी रोड तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् ।

प्रहरीले भिड नियन्त्रणमा लिन केही थान अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ ।