काठमाडौँ– घरेलु टोली नेपालको पुरुष टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित भएको छ ।
एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुरू भएको खेलको पुरुषतर्फ बहराइनसँग नेपाल २७–७ ले पराजित भएको हो।
यसअघि उज्वेकिस्तानसँग २४–० को स्कोरमा नेपाल पराजित भएको थियो । त्यस्तै, घरेलु टोली नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो र दोश्रो खेलमा पराजित भएको छ ।
खेलको महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। त्यस्तै अर्को खेलमा पनि नेपाली महिला टोली गुआमसँग १७–५ को स्कोरमा पराजित भयो ।


























































