काठमाडौँ– एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।
उनी बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी हुन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौंदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो एनसेलले गरेको सामुहिक प्रयासको नतिजा हो । हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकामा धेरै खुसी छौं ।’
समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकासका लक्ष्य प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने यात्रालाई निरन्तरता आफूहरूप्रतिबद्ध रहेको खड्काले जनाइन् ।


























































