ललितपुर– बाग्मती युवा तथा खेलकुद मीनकृष्ण महर्जनले ललितपुरको बाटो मर्मत कार्यलाई प्रभावकारी ढंगबाट अघि बढाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मन्त्री महर्जनले पछिल्लो पटक बाढीले क्षति पुर्‍याएको क्षेत्रका स्थलगत अवलोकन गर्दै आवतजावका लागि बाटो मर्मत कार्यलाई प्रभावकारी ढंगबाट अघि बढाउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले बाढीले क्षति पुर्‍याएका परिवारका बारेमा समेत जानकारी लिए । सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाको मानवीय क्षति, एक सय आठ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिए ।

उनले नल्लु र बासुकीको खानेपानी तत्कालै सञ्चालन गर्नुपर्ने भन्दै २७ वटा कल्भर्ट, तीन वटा पूल, २० वटा सडकखण्ड र दुई सय १६ घरमा क्षति पुगेको बताए । उनले वटा नं ७ देबिचौरमा हालसम्म विद्युत् र टेलिफोन सेवा पुग्न नसकेको जनाए ।

 

यसैगरि, पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले पनि विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे । उनले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै तल्लीन हुनुपर्ने उनको भनाई छ ।