काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानविन प्रतिवेदनले नै लामिछानेलाई दोषि नदेखाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले जनाए । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकिर गरे । लामिछानेलाई क्लिन चिट दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले सहकारी छानविनको समिति गठनको विपक्षमा रहेका केपी ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारवाही गर्न कसैले नरोकेको धारणा राखे ।

आफु प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारीक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले सुनाए । त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अव एक्लै चूनाव लडेर जित्ने दावी गरे ।

उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफुहरु बाढीपहिरो पीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ छ ।