काठमाडौं-बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।


ADVERTISEMENT


भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।


ADVERTISEMENT

# # #


यतिमात्रै होइन सेन्सर बोर्डमा पदाधिकारीले फिल्म नै हेरेनन् । फिल्म नहेरी प्रदर्शनमा प्रतिबन्ध लगाएपछि पाकिस्तानमा महिलाहरुले विरोध जनाएका छन् ।

महिनावारी धर्म र सेनेटरी प्याड प्रयोगका विषयमा बनेको फिल्ममा अक्षयकुमार, राधिका आप्टे र सोनाम कपुरको प्रमुख अभिनय रहेको छ ।