काठमाडौं-अहिलेको प्रविधिको तीब्र विकासको युगमा साधारण मानिसलाई पनि सामाजिक सञ्जालले स्टार बनाउने क्षमता राख्छ । यसको ताजा उदाहरण १८ वर्षीया मलयालम कलाकार प्रिया प्रकाश वारियर रहेकी छन् ।


ADVERTISEMENT


जसको भ्यालेन्टाइन डेको अवसरमा रिलिज भएको भिडियो फेसबुक, इन्स्टाग्राम, ट्विटरदेखि लिएर व्हाट्सएपमा धेरै सेयर भइरहेको छ। अब चर्चा गरौँ सामाजिक सञ्जालले रातारात स्टार बनाएका केही सर्वसाधरण बारेमा ।


ADVERTISEMENT

# # #


हामीले यहाँ सामाजिक सञ्जालले रातारात स्टार बनाएका ५ जनाबारे चर्चा गर्दा नेपालकी तरकारीवाली अर्थात् कुसुम श्रेष्ठ पनि छिन् । प्रिया प्रकाशदेखि लिएर नेपालको गोरखाकी तरकारीवालीसम्म राता रात हिट भए अनि कतै हराए ।

१. प्रिया प्रकाश वारियरः १८ वर्षीया प्रिया चाँडै नै मलयालम फिल्म ओरु अद्दार लभमा डेब्यु गर्दैछिन् । यस फिल्मको गीत मनीक्या मलराया पुभीमा इशारा इशारामा कुराकानी गरेका कारण प्रिया अहिले रातारात इन्टरनेट दुनियाँमा हिट भएकी छन् ।

२. अरसद खानः अक्टोबर २०१६ मा पाकिस्तानको इस्लामाबादमा चिया बेच्ने उनको सुन्दरताले सामाजिक सञ्जाल पिट्यो । निलो आँखा भएका यी पाकिस्तानी युवालाई ठुला ठुला कम्पनीले मोडलिङका लागि समेत प्रस्ताव गरेका थिए । अरसद खान नामका यी युवा इस्लामाबादको सन्डे बाजार (पेशावर चौक)ं मा चियाको दोकानमा काम गर्थे । उनको रुपमा महिला मरिहत्ते गर्थे ।

३.कुसुम श्रेष्ठः नोभेम्बर २०१६मा नेपालको गोरखा जिल्लाकी यी युवतीको तस्बिर सामाजिक सञ्जालमा रातारात हिट भयो । टुर गाइड रुपचन्द्र महर्जनले खिचेका उनका तस्बिर सामाजिक सञ्जालमा आएपछि ट्विटर ट्रेन्ड नै भएको थियो । उनले त्यसपछि मोडलिङ गरिन् भने फिल्मसम्म खेल्न भ्याइसकेकी छन् ।

४.ढिङ्च्याक पूजाः ढिङ्च्याक पूजाको गीत ‘सेल्फी मैने ले ली…’ सामाजिक सञ्जालमा भाइरल हुन कतिबेर पनि लागेन । सबैभन्दा चकित बनाउने कुरा भनेको त ढिङ्च्याक आफ्नो सुरिलो आवाज नभइ बेसुरो आवाजका कारण चर्चित भएकी थिइन् ।

५. उमर बोरकान अल गलाः दुबईमा रहेर मोडलिङ र अभिनय गर्दै आएका कलाकार उमर जब जर्चामा आए तब धेरै हेन्डसम भएको भन्दै उनलाई साउददी अरबले देश निकाला गरिदियो । त्यसपछि उमर राता रात इन्टरनेटमा भाइरल भए ।