काठमाडौँ– गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्तिको सम्झौता भएको छ ।
आइतबार एक समारोहबीच दुई कम्पनीबीच सो सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुरुप इन्स्योरेन्सले इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ बाइस करोड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने भएको छ ।
सम्झौतापत्रमा ग क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृती लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ ।


























































