काठमाडौँ– प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप समूहले नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरेको होे ।


ADVERTISEMENT

# # #


उक्त रकम आज एिक कार्यक्रमका बीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नप्रधानमन्त्री श्री के.पीे. शर्मा ओलीलाई चेक हस्तान्तरण गरे ।

प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा समुहले विश्वास छ ।