काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।


ADVERTISEMENT


मंगलबार महाराजगंज स्थित प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे।

यस्तै, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा। मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीले पनि पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरे।

साथै उनले सोही कार्यक्रममा तालिम सम्बन्धि गतिविधि समेटिएको पुस्तक ‘संकल्प’को समेत विमोचन समेत गरे।