काठमाडौँ– महालक्ष्मी विकास बैंकले मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले डजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


यस अन्तर्गत ग्राहकले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक रियल टाइममा नै ८ लाखसम्म मुद्दती धितोे कर्जाको सुविधा पाउने बताइएको छ । यो संगै महालक्ष्मी यस किसिमको सुविधा प्रदान गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ ।

साथै यसअन्र्तगत ग्राहले अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा सक्नेछन् भने एप्समा आफुले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने सुविधा समेत थप गरिएको छ ।

यसैगरि, ग्राहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्नुका साथै एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्नेछन् ।