काठमाडौं(रासस)-बाराको कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ ।


ADVERTISEMENT


गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेको सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #