काठमाडौं-प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ । भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।


ADVERTISEMENT


उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन हुदैछ । संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।


ADVERTISEMENT

# # #


उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् । संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ । उपभामुखमा एमालेकी सांसद् कृष्णी थारुको नाम चर्चामा छ । उनी पूर्वकम्लरी हुन् ।

दाङकी धमकली थारु चौधरीको नाम चर्चामा रहेको छ । यसबाहेक रुपन्देहीबाट पनि उपसभामुखमा उम्मेदवारी हुनसक्ने एमालेका एक नेताले बताए ।

उपसभामुखको नाम टुंगो लगाउन अहिले एमाले बैठक बसिरहेको छ ।