विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा ६९ औं प्रहरी दिवसमा विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी दिवसमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
उनले पुर्वाधार निर्माणमा प्रदेश सरकार तथा स्थानीय निकाय संग समन्वय गरी महत्वपुर्ण योगदान पुर्याउने नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई प्रहरी प्रधान कार्यालयले पुलिस ब्याटन २०८१ मा प्रदान गरेको प्रशंसा पत्र तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदान गरेको उत्कृष्ट व्यवस्थापनन तर्फको पुरस्कार प्रदान गरे ।
यसैगरि,उत्कृष्ट अपराध अनुसन्धानकर्ता जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक हेमराज ओली, उत्कृष्ट आन्तरिक प्रशिक्षण तर्फ कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी निरीक्षक मिलन थापा, उत्कृष्ट लेखा तथा कल्याण तर्फ वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक भिम बहादुर अधिकारी, कोशी प्रदेश प्रहरी बैण्ड शाखाका प्रहरी नायव निरीक्षक डिल्लिराम बि.क पुरस्कृत भएका छन् ।
यस्तै, उत्कृष्ट प्रबन्धतर्फ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी सहायक निरीक्षक बेग कुमार श्रेष्ठ, प्रहरी कार्य विपद् व्यवस्थानमा उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरीक्षक चुडामणी प्रधान, उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी हवल्दार सन्तोष घिमिरे, उत्कृष्ट संगठित अपराध अनुसन्धानकर्ता ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार बिशाल प्रधान, प्रशासनिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी हवल्दार बिक्रम ढकाल पुरस्कृत भए ।
उत्कृष्ट आर्थिक अपराध अनुसन्धानकर्तातर्फ भने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सहायक हवल्दार दिपक आचार्य, उत्कृष्ट अभिलेख व्यवस्थापनकर्ता कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक हवल्दार विक्रम दाहाल, उत्कृष्ट बाह्य प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी जवान तिर्थराज भट्टराई, उत्कृष्ट बाह्य प्रशिक्षक (महिला) कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान प्रतिभा राई र उत्कृष्ट खेलाडी तथा प्रशिक्षक कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान बिसर्जन गुरुङलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् ।



























































