काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले फेरी पनि नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।


























































