काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सन्दर्भमा आफूहरु फेस गर्न तयरा रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रवार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको प्रमुख प्रतिपक्षी बैठकबाट निस्कदै उनले पत्रकारहरु समक्ष सो राय पोखेका हुन् । निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘सभापति विधिवत् हिसाबमा त्यो कुरामा छानबिन गर्न त तयार नै हुनुहुन्छ । राज्यको दूरुपउयोग गरेर प्रशासनलाई दबाब दिएर नहोस् भन्ने कुरामा स्पष्ट नै हो’, उनले भने ।

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर रविले नै अभिव्यक्ति दिइसकेको भन्दै उनले थपे, ‘उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ मलाई । उहाँहरुको ग्रहदशा हेर्ने पनि बानी छ । यस्तैयस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’