काठमाडौँ– काठमाडौँस्थित भारतीय दूतावासले नेपाल–भारतको साझा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले दशैं, तिहार र छठको अवसरमा बिहिवार साँझ ‘दशैँ, तिहार तथा छठ महोत्सव’ कार्यक्रम सम्पन्न गरेको हो ।
समारोहमा सुर सप्तक र कान्ता दाब डब ब्यान्डहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । जहाँ ब्याण्डहरुको जातीय, लोक, फ्युजन र समसामयिक संगीतमा दर्शकहरूले मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा नेपालका विभिन्न स्थानका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यहाँ उनीहरुले पिङको समेत मजा लिएका थिए ।































































