काठमाडौँ– अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि गृह श्रमिक दिवस मनाइएको हो ।
दिवसका अवसरमा गृह श्रमिक सरोकार समाज नेपालले भृकुटीमण्डपबाट सुरु भइ उपत्यकाका बिभिन्न स्थानमा र्याली निकालेको थियो ।
समाजका अध्यक्ष प्रभा पोख्रलले गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रमकानुनका रुपमा व्यवस्था गर्नुपर्ने बताए । उनले गृह श्रमिकहरूको महत्वपूर्ण योगदानलाई मान्यता दिन दिवस मनाउने गरेको जानकारी दिए ।
समाजले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरु गृह श्रमिकले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग राखेको छ ।





























































