काठमाडौँ– नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।


ADVERTISEMENT


आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।


ADVERTISEMENT

# # #


आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो ।

नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १(१ विकेट लिए ।

नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । देस्रो खेल सुपरओभरमा जितेको थियो ।