काठमाडौँ — नेपाल आयल निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनस्थापना गर्न निगमले उक्त रकम सहयोग गरेको हो ।
निगमकोतर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, बाणिज्य तथा आपूर्ति सचिव गोबिन्द कार्की, निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, निगम सञ्चालक समितिका सदस्यसहितको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग हस्तान्तरण गरिएको छ ।



























































