काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार १०० दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले काठमाडौँमा प्रदर्शन थाल्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको केन्द्र आक्रामक रूपमा .सडक आन्दोलनको घोषणा गरेको हो।


ADVERTISEMENT

# # #


पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटीलाई खबरदारी सभाको तयारीमा जुट्न समेत निर्देशन दिइसकेका छन्।

बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप पनि लगाए। कात्तिक १० गते गर्ने भनिएको प्रदर्शन दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्षसहितको खबरदारी सभा हुने उनले बताए ।

सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको प्रचण्डको भनाई छ ।

माओवादीले काठमाडौँमा प्रदर्शन गर्नुका १० कारण दिएका छन् । जुन निम्न रहेका छन् :