-विक्रान्त पाण्डे 


ADVERTISEMENT


काठमाडौँ– जलवायु परिवर्तनको असर आम नागरिकको स्वास्थ्यमा देखा पर्न थालिसकेको छ । आगामी दिनमा यसले उत्पादनदेखि विरतरण र व्यवस्थापनलाई समेत अस्तव्यस्त पार्न सक्ने देखिएको छ ।


ADVERTISEMENT

# # #


वर्तमान समयमा जलवायु परिवर्तनको असर मानवीय त्रुटी र प्राकृतिक कारणले झन्–झन् बढ्दै गएको अवस्था छ । यस्तो विषम् परिस्थितीमा बीमाले अहम् भूमिका निर्वाह गर्नसक्छ । बीमाले जोखिम ग्रहण गर्ने कदम उठाउनुपर्ने आजको ठूलो आवश्यकता र माग छ ।

बीमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्दछ । जलवायु परिवर्तनको जोखिम र यसको न्यूनिकरणको लागि व्यापक जनचेतना फैलाएर भोलीका दिनमा यसका असरहरलाई कम गरी जनधन क्षतीलाई रोक्न नेपालजस्तो मुलुकका लागि ‘घुम्ती बीमा’ ज्यादै प्रभावकारी रहन सक्छ ।

(लेखक पाण्डे बिमा विज्ञ हुन् । )