काठमाडौँ – सुनकोशी नदीमा बेलिब्रिज नेपाली सेनाले बेलिब्रिज निर्माण गरेसँगै खुर्कोट–रामेछाप जोड्ने सडक सञ्चालनमा आएको छ । गत असोज १०–१२ गतेको भीषण बाढीले पुल बढाएपछि अवरुद्ध भएको यातायात सेवा मंगलबारदेखि सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


पुल बढाएर आवातजावतमा समस्या भएपछि प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण थालेको थियो । उक्त निर्माण सकिएसँगै आदेखि सवारी चल्न थालेका छन् ।


ADVERTISEMENT

# # #


यातायात चलेसँगै मंगलबार एक कार्यक्रमगरी निर्माणमा खटिने प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान समेत गरिएको छ ।