कञ्चनपुर– कञ्चनपुरमा एक दम्पती मृत फेला परेको छ । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनीहरुको धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको हुनसक्ने उनले बताए । श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ ।

तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पुग्दैछ ।