काठमाडौँ– विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


महासङ्घले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका बिभिन्न देशका साहित्यिक व्यक्तिहरुको सहभागिता रहने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिए ।

सम्मेलनका क्रममा बर्षको उत्कृष्ट पर्या कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितिय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेश्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए ।

त्यस्तै नेपाालसहित बिभिन्न देशका ८ श्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ ।